इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच आज हुन लागेको खेल हेर्नका लागि दशरथ रंगशालामा दर्शकहरू भरिभराउ छन्।
दशरथ रंगशालामा आज साँझ ६ बजेदेखि खेल हुँदैछ।
प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए।
खेलमा नेपालले अधिकांश समय म्यानमारलाई दबाबमा राखेको थियो। आज दुवै टोली खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहनेछ।
तस्बिरहरू:
-1740569095.jpg)
-1740569095.jpg)
-1740569095.jpg)
-1740569095.jpg)
-1740569093.jpg)
-1740569094.jpg)
-1740569094.jpg)
-1740569093.jpg)
-1740569093.jpg)
-1740569091.jpg)
-1740569092.jpg)
-1740569090.jpg)
-1740569090.jpg)
-1740569091.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी