इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
गएराति लिभरपुलले सिटीलाई उसकै घरमा २-० गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहम्मद सालाह र डोमिनिक जोबोस्लाइले गोल गरे।
सालाहले १४ मिनेटमा र जोबोस्लाईले ३७ मिनेटमा गोल गरे।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ।
उसले २७ खेलबाट ६४ अंक जोडेको छ।
पराजित भएको सिटी ४४ अंकसहित चौथो स्थानमा छ। उसले एक खेल कम खेलेको छ।