अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीच दशरथ रंशगालमा लिग चरणको अन्तिम खेल भइरहेको छ।
खेलमा अहिले एक-दुई गोलको अवस्था छ। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई नेपालकी गोलकिपर अन्जना रानामगर रोक्न असफल भइन्।
पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्। सावित्रा भण्डारी साम्बाले उत्कृष्ट ड्रिबलिङ गर्दै सिक्सयार्ड नजिकबाट सवितालाई पास उपलब्ध गराएकी थिइन्। जसमा सविताले उत्कृष्ट फिनिसिङ गरिन्।
१६ मिनेटमा म्यानमारले दोस्रो पटक खेलमा अग्रता लियो। उसका लागि मे लुले खेलको डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरिन्।
दुवै टोली लिग चरणमा किर्गिस्तान र लेबनानलाई पराजित गर्दै फाइनल पुगिसकेका छन्। आगामी बुधबार दुई टोलीबीच फाइनल हुनेछ।