इंग्लिस प्रिमियर लिगमा आर्सनल २६ औं खेलमा पराजित भएको छ।
गएराति इमिरेट्समा भएको खेलमा आर्सनल वेस्ट ह्यामसँग १-० गोलले पराजित भएको हो।
खेलमा ४४ मिनेटमा वेस्ट ह्यामका जेरोड बोवेनले हानेको गोल निर्णायक बन्यो।
७३ मिनेटमा आर्सनलका मिलिस लिविस स्केली रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
पराजितका बाबजुद आर्सनल अंक तालिकामा दोस्रो स्थानमा यथावत छ। उसले २६ खेलबाट ५३ अंक जोडेको छ।
पहिलो स्थानको लिभरपुलको ६१ अंक छ।
विजयी भएको वेस्ट ह्याम ३० अंकसहित १६ औं स्थानमा छ।