युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ।
ड्रअनुसार प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रान्सको पेरिस सेन्ट-जर्मेन (पिएसजी) को सामना गर्नेछ।
अर्को खेलमा म्याड्रिड डर्बी हुने भएको छ। रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले अन्तिम १६ मा भिड्ने भएका हुन्।
यस्तै आर्सनलले पिएसभीसँग खेल्नेछ भने एस्टन भिल्लाले क्लब ब्रुजको सामना गर्नेछ।
यता अर्को खेलमा पनि दुवै जर्मन क्लब भिड्ने भएका छन्। जर्मन क्लबद्वय बायर्न म्युनिख र बायर लेभरकुसेन अन्तिम १६ ड्रमा सँगै परेका हुन्।
२०१८-१९ पछि लिभरपुलले पिएसजीको सामना गरेको यो पहिलो पटक हुनेछ, त्यतिबेला लिभरपुल छैटौं पटक युरोपको च्याम्पियन बनेको थियो।
दुई लेगको अन्तिम १६ खेलहरू मार्च ४-५ र मार्च ११-१२ मा खेलिनेछन्।
अन्तिम १६ को ड्र
पिएसजी विरुद्ध लिभरपुल
रियल म्याड्रिड विरुद्ध एट्लेटिको म्याड्रिड
फेयेनुर्ड विरुद्ध इन्टर मिलान
बोरुसिया डर्टमण्ड विरुद्ध लिले
क्लब ब्रुज विरुद्ध एस्टन भिल्ला
पिएसभी विरूद्ध आर्सनल
बायर्न म्युनिख विरुद्ध बायर लेभरकुसेन
बेन्फिका विरुद्ध बार्सिलोना
