अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत बिहीबार साँझ दशरथ रंगशालाको साधारण प्यारापिटबाट हाम फालेका दर्शक घाइते भएका छन्।
नेपालले लेबनानलाई १-० गोलले पराजित गरेलगत्तै नेपाली खेलाडीलाई भेट्न ती दर्शक मैदानमा हाम फालेका थिए।
त्यसपछि उनले नेपाली खेलाडी सविता राना मगरलाई अँगालो मारेका थिए।
एकछिनपछि उनी खुट्टा समात्दै बसे। त्यसपछि उनलाई मैदानबाट स्ट्रेचरमा राख्दै प्लेयर बक्सतर्फ ल्याइएको थियो। अनि नेपाली टिमका फिजिओले उनको खुट्टा हेरेका थिए।









तस्बिरः नेपाल फोटो लाइब्रेरी