नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले स्टार खेलाडी आयुस घलानलाई कप्तानको जिम्मेवारी दिएको छ।
अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुसले यो सिजन पोखराको कप्तान गर्ने भएका हुन्।
आयुस एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए। दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए।
पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन्।
आयुसले कप्तानको जिम्मेवारी पाउँदा खुसि भएको बताएका छन्।
‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु। मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु,’ आयुसले भने ।
आयुसले अघिल्लो सिजन पोखराबाट खेल्दा २ गोल गरेका थिए ।
पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो। पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ।