नेपाल प्रिमियर लिग (एनएसएल) फुटबल प्रतियोगिताको टोली बुटवल लुम्बिनीको मार्की खेलाडीमा मनिष डाँगी नियुक्त भएका छन्।
लुम्बिनीले फरवार्ड डाँगीलाई मार्की खेलाडीमा भित्र्याउँदा उत्साहित भएको प्रतिक्रिया दिएको छ।
यस्तै टोलीले मिडफिल्डर एरिक विष्टलाई रिटेन गर्ने निर्णय गरेको छ।
अर्को शनिबार हुने अक्सनअघि लुम्बिनीले मनिषलाई मार्की नियुक्त गर्दै एरिकलाई रिटेन गरेको हो।
चैतमा हुने प्रतियोगितामा यसपटक सात टोलीले प्रतिस्पर्धा गर्दैछन्।