यो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले दुई खेलाडीलाई रिटेन गरेको छ।
आगामी फागुन १० गते हुने अक्सनअघि ललितपुरले डिफेन्डर सनिस श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई टोलीमा नै राख्ने निर्णय गरेको हो।
सनिस ए श्रेणी र आदित्य बी श्रेणीका खेलाडी हुन्। यसअघि नेपाल सुपर लिगले अक्सनअघि दुई खेलाडी रिटेन गर्न सक्ने नियम ल्याएको थियो।
ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनिसलाई रिटेन गर्दा टोलीको रक्षापंक्ति बलियो भएको विश्वास गरेको छ।
यस्तै ललितपुरले प्रतिभाशाली मिडफिल्डर आदित्यबाट यो सिजन पनि आसा गरेको छ। आदित्यले गत फाइनलमा म्यान अफ दि म्याच बनेका थिए भने ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए।
दुई महत्वपूर्ण खेलाडीको रिटेन्सनपछि ललितपुरका प्रबन्ध निर्देशक आलोक जंग जोशीले भने, ‘सनिस र आदित्य हाम्रो टोलीका अभिन्न अंग हुन्, उनीहरूलाई टोलीमा निरन्तरता दिन पाउँदा खुसी छौं। गत सिजनमा उनीहरूको योगदान अमूल्य थियो, र हामीलाई विश्वास छ कि उनीहरूले यस वर्ष हाम्रो सफलतामा अझ ठूलो भूमिका खेल्नेछन्।’