उज्वेकिस्तानको क्लब ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको २४औं संस्करणको फाइनलमा पुगेको छ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई ४-० गोलले पराजित गर्दै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको हो।
उसले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थप्यो।
खेलको २४ मिनेटमा ओलिमोभले गोल गर्न सफल भए। ५८ मिनेटमा ओरिफजोनोभले ब्ल्याक बुल्सको अग्रता दोब्बर पारेका थिए।
६३ मिनेटमा सतारोभले तेस्रो गोल गरे भने सब्सिच्युट खेलाडी डाभ्लाजोनोभले ८७ मिनेटमा चौथो गोल गर्दा ब्ल्याक बुल्सले फराकिलो जिततर्फ अघि बढ्यो।
अब उपाधिका लागि उज्वेक क्लबले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल पुलिस क्लब प्रतियोगिताको छ पटकको च्याम्पियन हो।