इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई एभर्टनले दुई दुई गोलको बराबरीमा रोकेको छ।
खेलको ११ मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई अग्रत दिलाए।
१६ मिनेटमा लिभरपुलका म्याक अलिस्टरले बराबरी गोल फर्काए।
७३ मिनेटमा सलाहको गोलबाट लिभरपुलले अग्रता लियो।
तर एभर्टनका टार्कोवस्कीले दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काए।
अंक तालिकमा लिभरपुल २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा छ भने एभर्टन २७ अंक जोड्दै १५औं स्थानमा छ।