नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।
बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले पराजित गर्दै पुलिस फाइनल पुगेको हो।
पुलिसको जितमा सन्जिल लामा नायक साविक बने। उनले खेलको ५८ मिनेटमा गरेको गोल निर्णायक बन्द पुलिसले फाइनलमा स्थान पक्का गरेको हो।
उनले २५ यार्ड टाढाबाट भलि सर्टमार्फत् बललाई गोल पोस्टको दिशा दिएका हुन्।
पुलिसले आहा रारा गोल्डकपको आफ्नो ५०औं खेलमा फाइनलमा स्थान बनाउन सफल भयो। पुलिस आहा रारा गोल्डकपको छ पटक च्याम्पियन बनेको टिम हो।
एघारौं पटक फाइनल खेल्न लागेको पुलिसले चार वटा फाइनल भने गुमाएको छ। पुलिसले आहा रारा गोल्डकपको २४ मध्ये २३ संस्करण खेलिसकेको छ।
अब पुलिसले उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।