फागुन पहिलो साता हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन जना सहायक प्रशिक्षक नियुक्त गरेको छ।
श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै सुरजकुमार लामा गोलकिपर प्रशिक्षकको भूमिकामा टिममा सामेल हुनेछन्।
एन्फा महासचिव किरण राईले एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार तीनै जनालाई नियुक्ति पत्र प्रदान गरे।
यसअघि प्रमुख प्रशिक्षकको रूपमा राजेन्द्र तामाङले निरन्तरता पाएका थिए।
तामाङले प्रतियोगिताका लागि आइतबार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए।
टिममा नेपाली सेनाको तालिममा रहेकी अमिषा कार्कीसहित चोटबाट मैदान फर्कन पर्खिरहेका हिरा भूजेल र दिपा शाही छैनन्।
प्रतियोगिता फागुन ४ देखि १५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार सहभागी हुनेछन्।
गोलकिपर
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सावित्री किशन, सुजाता तामाङ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी
मिडफिल्डर
अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुष्मा तामाङ, मनमाया दमाई, बिर्सना चौधरी
फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल