स्पेनिस ला लिगामा बार्सिलोनाले १० खेलाडीमा सीमित बने पनि सेभियालाई ४-१ गोलले हराएको छ।
आइतबार भएको खेलमा सातौं मिनेटमा लेवान्डोवस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
तर एक मिनेटपछि सेभियाले भार्गासको गोलबाट बराबरी गर्यो।
बार्सिलोना फेर्मिन लोपेजले ४६ मिनेट र राफिन्हा ५५ मिनेट गोल गर्दा खेल ३-१ गोलले अघि बढ्यो।
६२ मिनेटमा लोपेजले रातो कार्ड पाउँदा बार्सिलोना १औ खेलाडीमा सीमित बन्यो।
बार्सिलोनाका लागि चौथो गोल इरिक गार्सियाले ८९ मिनेटमा गरे।
अंक तालिकामा २३ खेलबाट ४८ अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो स्थानको एट्लेटिकोको ४९ र शीर्ष स्थानको रियल म्याड्रिडको ५० अंक छ।