म्याड्रिड डर्बीमा एट्लेटिको र रियलले बराबरी खेलेका छन्।
तनावपूर्ण डर्बीमा रियल म्याड्रिडका लागि केलियन एमबाप्पेले बराबरी गोल गर्दै आफ्नो टोलीको हार जोगाए। बराबरीसँगै घरेलु टोली रियल अंक तालिकाको शीर्ष स्थानमा छ।
एट्लेटिकोले ३५ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलबाट अग्रता लिए।
त्यसअघि भिएआरमार्फत् एट्लेटिकोले पेनाल्टी पाएको थियो। अरेलियन चौमेनीले शमूएल लिनोलाई फाउल गरेपछि भिएआर हेरेर पेनाल्टी दिइएको थियो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेट पछि एम्बाप्पेले सिजनको आफ्नो १६ औं लिग गोल गर्दा रियलले खेलमा बराबरी गर्यो।
यो नतिजाले रियल दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा एक अंकले अगाडि रह्यो। बार्सिलोना पाँच अंकले पछाडि छ।
यद्यपि, बार्साले आइतबार साँझ सेभियासँग खेल्दा अन्तर कम गर्न सक्छ।
अब रियलको ध्यान च्याम्पियन्स लिगमा केन्द्रित छ, जसले नकआउट चरणको प्ले-अफको पहिलो लेगको लागि म्यानचेस्टर सिटीको यात्रा गर्नेछ।