बर्नमाउथलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थान मजबुत बनाएको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा बर्नमाउथलाई २-० गोलले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको हो।
बर्नमाउथलाई उसकै मैदानमा पराजित गर्दा दुवै गोल मोहम्मद सलाहले गरे।
३० मिनेटमा बर्नमाउथका मार्कस टाभेर्नियरले डिबक्समा एन्ड्र्यु रोबर्टसनलाई फाउल गरेपछि लिभरपुलले पाएको पेनाल्टी अवसरलाई सलाहले सदुपयोग गरे।
दोस्रो हाफको ७५ मिनेटमा सलाहले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे।
जितसँगै लिभरपुलको शीर्षस्थान ५६ अंक बनाएको छ। दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिंघम फरेस्टको समान ४७ अंक छ।
बर्नेमाउथ ४० अंकका साथ सातौं स्थानमा छ।