सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिग २०८१ को उपाधि जितेको छ।
लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफले बुधबार दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गर्यो।
उसका लागि सविता राना मगरले दुई गोल गर्न सफल भइन्। उनले खेलको ६४ र ८३ मिनेटमा गोल गरेकी थिइन्।
त्यसअघि ६९ मिनेटमा एपिएफका लागि सरू लिम्बूले अग्रता दोब्बर पारेकी थिइन्।
एपिएफका लगि चौथो गोल अनु लामाले ९०+५ मिनेटमा गरेकी थिइन्। एपिएफकी अनुभवी खेलाडी अनुको यो अन्तिम घरेलु फुटबलको म्याच थियो।
तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका छन्। जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए।
प्लेअफअन्तर्गत दुई वटा क्वालिफायर र एउटा एलिमिनेटर भएको थियो। एपिएफले लिगको उपाधि जित्ने क्रममाअपराजित रहदै उपाधि उचाल्न सफल भयो।
एपिएफले समग्रमा छैटौं पटक उपाधि जितेको हो। सन् २०१७-१८ पछि भने एपिएफले लगातार चार पटक उपाधि जित्न सफल भयो।