एन्फा महिला लिगको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्ने भएका छन्।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो क्वालिफायर-२ को खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २-१ गोलले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो।
क्वालिफायर-२ को खेलको ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा पुलिसकी गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दा आर्मीका लागि गोलकिपर अन्जना रानामगरले मात्र गोल गर्न सकिन्।
पुलिसका सम्झना लावती, समिक्षा घिमिरे र निरू थापा गोल गर्न असफल भए। आर्मीका विमला चौधरी, चन्द्रा भण्डारी र अनिता लाम्जेल चुकेका थिए। पाँचौ पेनाल्टी हानेकी विमला विकको प्रहारलाई पुलिसकी गोलकिपर उषाले रोक्दै आफ्नो टोलीलाई जित दिलाइन्
यसअघि पहिलो क्वालिफायरमा एपिएफले आर्मीलाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
अब उपाधि भिडन्त बुधबार दिउँस २ बजे दशरथ रंगशालामा हुनेछ।