आगामी फागुनमा चार देश सम्मिलिन अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
गत कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि राजीनामा घोषणा गरेका तामाङ फेरि प्रशिक्षकमा फर्किएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रशिक्षकको नियुक्ति पत्र दिएसँगै प्रतियोगिताका लागि तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। बन्द प्रशिक्षण माघ १९ देखि सुरु हुनेछ।
दशरथ रंगशालामा फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ। एन्फाका अनुसार प्रतियोगिता फागुन १४ सम्म सञ्चालन हुनेछ।
खेलहरु फिफा विन्डोमा हुन लागेको हुनाले सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मिया, प्रतिक्षा चौधरी, सेमिहाङ्मा लिम्बु, मिना देउवा, पुष्पाकुमारी खड्का, यशोधा शाही, ममता पुन, झुमा विश्वकर्मा