स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि ७-१ गोलको जित हात पारेको छ।
आइतबार घरेलु मैदानमा उसक लागि डे जोङले तेस्रो मिनेटमा गोल गर्दा फेरान टोरेशले आठौं मिनेटमा अग्रता दोब्बर पारे।
१४ मिनेटमा राफिन्हा तथा २४ मिनेट मिनेटमा फेर्मिन लोपेजले गोल गर्दा बार्सिलोना २५ मिनेट नबित्दै ४-० ले अघि रह्यो।
लोपेजले नै पहिलो हाफको इन्जुरी समयको चौथोम मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ५ गोल गर्न सफल भयो।
बार्सिलोनाका लागि लेवान्डोवस्कीले ६६ मिनेटमा छैटौं गोल गर्दा भ्यालेन्सियाका तारेगले ७५ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले ७ गोल गर्न सफल भयो।
भ्यालेन्सियाका हुगो दुरोले ५९ मिनेटमा गरेको गोल सन्त्वना बन्यो।
लिगको अंक तालिकामा बार्सिलोना २१ खेलबाट ४२ अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको रियल म्याड्रिडको ४९ र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४५ अंक छ।