इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोलले हराएको छ।
सिटीका लागि जिभार्डिओलले ४२, हाल्यान्डले ६८ र फोडेनले ८७ मिनेटमा गोल गरे।
त्यसअघि चेल्सीले तेस्रो मिनेटमै माडुइकेको गोलबाट अग्रता लिएको थियो।
यता शीर्ष स्थानको लिभरपुलले इस्पिचलाई ४-१ गोलले हरायो।
उसका लागि सोबोस्ट्लाईले ११, सलाहे ३५ तथा गाप्कोले ४४ र ६५ मिनेटमा गोल गरेका थिए।
आर्सनसलले वुल्भ्सलाई १-० गोलले हरायो। आर्सनलका लागि कालाफिओरीले ७४ मिनेटमा गोल गरे।
लिगको अंक तालिकामा शीर्ष स्थानको लिभरपुलको २२ खेलबाट ५३ अंक छ। दोस्रो स्थानको आर्सनलको २३ खेलबाट ४७ अंक छ।
नटिङघम २३ खेलबाट ४४ अंक जोड्दै तेस्रो स्थानमा रहदा म्यानचेस्टर सिटी २३ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको न्युकासलको ४१ र छैटौं स्थानको चेल्सीको ४० अंक छ।