सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब एन्फा महिला लिगको फाइनलमा पुगेको छ।
लिगको सुपर स्टेजको पहिलो क्वालिफायरको खेलमा त्रिभुनव आर्मी क्लबलाई २-१ ले पराजित गरेको एपिएफ उपाधि नजिक पुगेको हो।
शनिबार भएको खेलमा आर्मीले खेलमा अग्रता लिएको थियो। आर्मीका लागि हिमा चौधरीले आठौं मिनेटमा गोल गरिन्।
त्यसपछि एपिएफलाई खेल फर्कन ७८ मिनेटसम्म कुर्न पर्यो। एपिएफका लागि रश्मिकुमारी घिसिङले ७८ मिनेटमा बराबरी गोल गरिन्। रश्मिले ८८ मिनेटमा दोस्रो गोल गर्दा एपिएफले अग्रता लियो।
हारसँगै आर्मीले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबले बागमती युथ क्लबलाई पराजित गरेर स्थान बनाएको थियो।
अब सोमबार पुलिस र आर्मी दोस्रो क्वालिफाइयरमा भिड्दा उपाधि भिडन्त बुधबार दशरथ रंगशालामा हुनेछ।