एन्फा महिला लिगको सुपर स्टेजअन्तर्गत नेपाल पुलिस क्लब क्वालिफायर-२ मा पुगेको छ।
शुक्रबार भएको एलिमिनेटरको खेलमा बागमती युवा क्लबलाई १-० गोलले पराजित गर्दै पुलिस क्वालिफायर-२ मा पुगेको हो।
पुलिसको जितमा डिफेन्डर अमृता जैसीले गरेको गोल निर्णायक बन्यो।
अमृताले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दा पुलिसले जित निकाल्यो।
कमजोर मानिएको बामगतीविरूद्ध गोल गर्न पुलिसलाई अन्तिमसम्म कुर्नु परेको थियो।
अब फाइनल प्रवेशका लागि पुलिसले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ।
पहिलो क्वालिफायरमा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्।
यो खेलको विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले क्वालिफायर-२ मा पुलिससँग खेल्ने भएको छ।