इंग्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
बुधबार क्रोएसियन क्लब डाइनामो जग्रेबलाई ३-० गोलले हराएपछि सिटी लिग चरणको अन्तिम खेलअघि अन्तिम १६ मा पुगेको हो।
आर्सनलको जितमा राइसले दोस्रो मिनेट, काइ हाभर्ट्जले ६६ र ओडेगार्डले ९०+१ मिनेटमा गोल गरे।
अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्सनलको ७ खेलबाट १६ अंक छ।
शीर्ष स्थानको लिभरपुल २१ अंक र दोस्रो स्थानको बार्सिलोना १८ अंक जोडेर अन्तिम १६ मा पुगिसकेका छन्।