युरोपियन च्याम्पियन्स लिगमा लगातार सातौं जित निकाल्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा पुगेको छ।
अंक तालिकाको शीर्ष स्थानमा रहदे २१ अंक जोडेको लिभरपुलले सातौं खेलमा मंगलबार फ्रेन्च क्लब लिललाई २-१ गोलले हरायो।
लिभरपुलका लागि मोहमद सलाहले ३४ मिनेटमा पहिलो गोल गरे। ५९ मिनेटमा लिलका मार्डी दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि उनको टिम १० खेलाडीमा सीमित बन्यो। तीन मिनेटपछि लिलका जे डेभिडले बराबरी गोल गरे।
तर ६७ मिनेटमा एलियटले लिभरपुलका लागि दोस्रो गोल गर्न सफल भए।
यता लिगको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले ९ गोल भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई ५-४ गोलले हरायो।
खेलको दोस्रो मिनेटमा पाभ्लिडिसले बेन्फिकाका लागि पहिलो गोल गरे। १३ मिनेटमा बार्सिलोनाका लेवान्डोवस्कीले पेनाल्टीबाट बराबरी गोल फर्काए। पहिलो हाफमा पाभ्लिडिसले २२ र ३० मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा बेन्फिका ३-१ ले अघि रह्यो।
६४ मिनेटमा बार्सिलोनाका लागि राफिन्हाले दोस्रो गोल गरे। चार मिनेटपछि बार्सिलोनाका अराउजोले आत्मघाती गोल गर्दा बेन्फिका ४-२ ले अघि रह्यो। तर ७८ मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीबाट टोलीका लागि तेस्रो गोल गरे।
८६ मिनेटमा इरिका गार्सियाले बार्सिलोनाका लागि बराबरी गोल गर्दा ९०+६ मिनेटमा राफिन्हाले पाँचौ तथा निर्णयाक गोल गर्दै बार्सिलोनालाई ५-४ को रोमाञ्चक जित दिलाए।
अंक तालिकामा बार्सिलोना १८ अंक जोडेर दोस्रो स्थानमा छ। बार्सिलोनाले पनि लगातार ६ खेलमा जित निकालिसकेको छ।