एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको प्रतिस्पर्धामा वालिङ नगरपालिकाले पहिलो जित हात पारेको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङले बागमती क्लबलाई ३-१ गोलले हरायो।
वालिङको जितमा सुष्मा तामाङले ह्याट्रिक गरिन्। उनले खेलको ५६ मिनेटमा पहिलो गोल गर्दा ६८ मिनेट दोस्रो र ८५ मिनेटमा ह्याट्रिक गरिन्।
त्यसअघि बागमतीले पहिलो हाफमा अग्रता लिएको थियो। उसका लागि सारा लिम्बूले ४२ मिनेटमा गोल गरेकी थिइन्।
प्लेअफबाट बाहिरिसकेको वालिङको ३ अंक भएको छ भने बागमती चार अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।