एन्फा महिला लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबको विजयको यात्रा जारी छ।
अन्तिम चरणको प्रतिस्पर्धामा एपिएफले नेपाल पुलिस क्लबमाथि सोमबार २-० गोलको जित निकाल्यो।
एपिएफका लागि रश्मीकुमारी घिसिङले १७औं मिनेटमा पहिलो गोल गरिन्।
६४ मिनेटमा अनिता केसीले एपिएफको अग्रता दोब्बर पारिन्।
अन्तिम चरणको पहिलो लेगमा पनि पुलिसमाथि एपिएफ विजयी भएको थियो।
जारी अन्तिम चरणको प्रतिस्पर्धामा एपिएफले लगातार ७ खेलमा जित निकालिसकेको छ। एपिएफ २१ अंक जोड्दै शीर्ष स्थानमा छ। पुलिस भने ११ अंक जोडेर तेस्रो स्थानमा छ।