डार्बिन नुनेजले अन्तिम चार मिनेटमा दुई गोल गर्दा ब्रेन्टफोर्डविरूद्ध लिभरपुल विजयी भएको छ।
इंग्लिस प्रिमियर लिगमा गएराति ब्रेन्टफोर्डको घरेलु मैदानमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीको अवस्थामा थिए।
९० मिनेटपछि चार मिनेट थपिएको स्टपेज टाइमको पहिलो मिनेटमै डार्बिन नुनेजले गोल गरे।
अलेक्जेन्डर आर्नल्डको उत्कृष्ट पासमा नुनेजले डिबक्स भित्रबाट सानदार गोल गरे।
त्यसपछि दबाबमा देखिएको ब्रेन्टफोर्डविरूद्ध त्यसको दुई मिनेटमै नुनेजले नै गोल गरे। दोस्रो गोलका लागि इलियटले असिस्ट गरेका थिए।
नुनेज ६५ मिनेटमा लुइज सब्स्टिच्युट गर्दै मैदान प्रवेश गरेका थिए।
जितसँगै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रतासहित ५० अंक बनाएको छ। ब्रेन्टफोर्ट ११ औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेर अंक बाढेको थियो।
दोस्रो स्थानमा रहेको आर्सनलको ४४ अंक छ।