एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मंगलबार जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले वालिङ नगरपालिकालाई ४-१ गोलले हरायो।
पुलिसका लागि निरु थापाले १५ मिनेटमा पहिलो गोल गरिन्। अनुस्का शेर्पाले २८ मिनेटमा अग्रता दोब्बर पार्दा पूजा रानाले ३२ मिनेटमा तेस्रो गोल गरिन्।
वालिङकी धना बोहराले ४६ मिनेटमा आत्मघाती गोल गर्दा पुलिस ४-० गोलले अघि बढ्यो।
वालिङकी यशोदा चिरालले ८५ मिनेटमा गरेको गोल सन्त्वनामै सीमित बन्यो।
दोस्रो चरणको प्रतिस्पर्धामा पुलिसले पहिलो जित निकाल्यो। यसअघि पुलिसले वालिङ र बागमती युवा क्लबलाई पराजित गर्दै आर्मीसँग बराबरी खेलेको थियो। पुलिसले एपिएफसँग भने पराजित भएको थियो।