एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।
आर्मीले सोमबार बागमती युवा क्लबलाई ३-० गोलले हरायो।
आर्मीका लागि सपना लामाले छैटौं मिनेटमा पहिलो गोल गरिन्। २२ मिनेटमा पुनम जर्घामगरले आर्मीको अग्रता दोब्बर पारिन्।
३४ मिनेटमा आर्मीकी विमल चौधरीले पाएको पेनाल्टीमा गोल गर्न सकिनन्।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आर्मीका लागि चन्द्रा भण्डारीले तेस्रो गोल गरिन्।
जारी लिगको पहिलो चरणमा आर्मीले बागमती र वालिङलाई हराउँदा पुलिससँग बराबरी खेलको थियो। आर्मी एपिएफविरूद्धको खेलमा भने पराजित भएको थियो।