म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा पुगेको छ।
तेस्रो चरणको खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराएर युनाइटेड चौथो चरणमा पुगेको हो।
युनाइटेडले फर्नान्डेज ५२ मिनेटमा गरेको गोलबाट अग्रता लियो। ६१ मिनेटमा युनाइटेडका डालोले दोस्रो पहेँलो कार्ड पाउँदा टोली दश खेलाडीमा सीमित बन्यो।
त्यसपछि आर्सनलका मालहसले ६३ मिनेटमा बराबरी गोल फर्काए। तर दश खेलाडीमा सीमित युनाइटेडविरूद्ध आर्सनल सफल नहुँदा खेल पेनाल्टीमा पुग्यो।