एल्फा महिला लिगअन्तर्गत अन्तिम चरणको प्रतिस्पर्धाको पहिलो राउन्डमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब अपराजित भएको छ।
चारैमा जित निकाल्ने क्रममा एपिएफले शनिबार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले ३-१ गोलको जित निकालेको हो। जितसँगै एपिएफको चार खेलबाट १२ अङ्क भएको छ।
दोस्रो स्थानको आर्मीको सात अङ्क छ।
नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहँदै सात अङ्कले जोडेको छ। पुलिस र आर्मी दुवैलाई एपीएफले पराजित गरेको थियो।
आर्मी र पुलिस दुवैले एकआसमा भने बराबरी खेलेका थिए।