लिभरपुल इंग्लिस एफए फुटबल प्रतियोगिताको चौथो चरणमा पुगेको छ।
तेस्रो चरणको खेलमा शनिबार अक्रिंनटन स्टानलीलाई ४-० गोलले हराएर लिभरपुल चौथो चरणमा पुगेको हो।
लिभरपुलको जितमा डिएगो जोटाले २९. अलेक्जेन्डर अर्नोल्डले ४५, डान्सले ७६ र चिएसाले ९० मिनेटमा गोल गरे।
अन्य खेलमा लेस्टरले क्यूपिआरलाई ६-२ र चेल्सीले मोरक्याम्बेलाई २-० गोलले हराएका छन्।