एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणमा वालिङ नगरपालिकामाथि बागमती युवा क्लबमाथि जित निकालेको छ। लिगमा बागमतीले पहिलो जित हात पारेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बागमतीले २-० गोललेको जित निकालेको हो।
बागमतीले दुवै गोल दोस्रो हाफमा गर्यो। उसका लागि अस्मिता खवासले ५२ मिनेटमा पहिलो गोल गरिन्। ७५ मिनेटमा विष्णुकुमारी बलले बामगतीको अग्रता दोब्बर पारेकी थिइन्।
यसअघि बागमतीले लगातार तीन खेलमा हार बेहोरेको थियो। बागमतीलाई विभागीय टोलीत्रय नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँग हार ब्यहोरेको थियो।
वालिङले भने लगातार चार खेलमा पराजय भोग्यो। तीनै विभागीय टोलीसहित बामगतीसँग पराजित भएपछि पहिलो चरणमा वालिङ जितबिहीन बन्यो।