रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। बिहीबार मालोर्कालाई पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो।
रियलका लागि बेलिङघमले ६३ मिनेमा पहिलो गोल गरे। ९०+२ मिनेटमा भाल्जेटे आत्मघाती गोल गर्दा रोद्रिगोले ९०+५ मिनेटमा गोल थपे।
बेलिङघले रियलका लागि पछिल्ला नौ खेलहरूमा सातौं र सिजनको नवौं गोल गरेका हुन्।
अब उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा हुनेछ। बार्सिलोनाले बुधबार एथलेटिक क्लबलाई २-० ले हराएर फाइनलमा स्थान बनाएको थियो।
बार्सिलोनाले सुपर कप १४ पटक जितेको छ। रियलले भने १३ पटक उपाधि जित्न सफल भएको छ।
उपाधि भिडन्त सोमबार हुनेछ।