एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार जित निकालेको छ।
विभागीय डर्बीको खेलमा पुलिसमाथि एपिएफले ६-० गोलको जित निकालेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा एपिएफका लागि अनिता बस्नेतले ह्याट्रिक गरिन्।
उनले खेलको ११औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा दुई गोल (९०+३ र ९०+४ मिनेटमा) गर्दै ह्याट्रिक पूरा गरिन्।
त्यसअघि एपिएफका लागि रेनुका नगरकोटीले १७ मिनेट दोस्रो गोल गरिन्।
एपिएफका लागि सरु लिम्बूले पनि दुई गोल गरिन्। सरुले ८६ र ८७ मिनेटमा गोल गरिन्।
पहिलो हाफमा दुई गोल खाएको पुलिसले बाँकी चार गोल ८६ मिनेटपछि खायो।
लिगमा एपिएफले लगातार तीन खेलमा जित निकालेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले वालिङ र बागमती युथ क्लबलाई पराजित गरेको थियो।
पुलिसले भने एक/एक हार र बराबरी खेल्दा दुई खेलमा जित निकालेको छ।