दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अब नयाँ ढाँचामा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ ढाँचा सार्वजनिक गरेको छ।
साफको बुधबार काठमाडौंमा बसेको बैठकले साफ च्याम्पियनसिप २०२५ नयाँ ढाँचामा गर्ने निर्णय गरेको हो। साफले जुन १५ देखि २५ जुलाईसम्म सन् २०२५ को नयाँ स्वरूपको प्रतियोगिता गर्ने निर्णय गरेको हो। प्रतियोगिता होम एन्ड अवेमा हुनेछ।
यद्यपी साफले बृस्तित विवरण सार्वजनिक गर्न बाँकी छ।
साफले आफ्न विभिन्न प्रतियोगिताका लागि मार्केटिङ अधिकारका लागि व्यावसायिक साझेदारको रुपमा स्पोर्ट्फाइभसँग सम्झौता गर्ने निर्णय अनुमोदन गरेको छ। स्पोर्ट्सफाइभसँगको सम्झौता २०२९ सम्म रहनेछ।
‘हामी च्याम्पियनसिप नयाँ ढाँचामा आयोजना गर्न सक्दो प्रयास गर्नेछौं तर पछि कुनै समस्या उत्पन्न भएमा हामी यस वर्ष एउटै भेन्यूमा गर्नेछौं,’ साफ महासचिव अनवरुल हकले बैठक पछि भने।
साफको पहिलो क्लब प्रतियोगिता २०२६ बाट आठ टोलीलाई सहभागी गरेर आयोजना गर्ने पनि निर्णय गरिएकव छ। आठ टोलीमा एएफसी क्लब वरीयतामा शीर्ष स्थानमा रहेको देशको दुई स्थान हुनेछ।
२०२५ देखि महिला क्लब प्रतियोगिता पनि हुने सम्भावना छ।
स्वीकृत भएको अर्को प्रतियोगिता २०२६ देखि साफ यू-२३ च्याम्पियनसिप हो।
बैठकले अनुमोदन गरेको साफ उमेर समूहका प्रतियोगिताहरू:
साफ यू-१९ च्याम्पियनसिप, ८-१८ मे २०२५
साफ यू-२० महिला च्याम्पियनसिप, ११-२१ जुलाई २०२५
साफ यू-१७ महिला च्याम्पियनसिप, १४-२४ सेप्टेम्बर २०२५
साफ यू-१७ च्याम्पियनसिप, १७-२७ अक्टोबर २०२५