एन्फा महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबले मंगलबार भएको खेलमा जित निकालेको छ। पुलिसले बागमती युवा क्लबमाथि २-० गोलको जित निकालेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसका लागि निरू थापाले नवौं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्।
पूजा रानामगरले पुलिसको अग्रता दोब्बर पारिन्। उनले खेलको ८२ मिनेटमा टोलीका लागि दोस्रो गोल गरिन्।
पूजा खेलको प्लेयर अफ दि म्याच भइन्।
महिला लिगको अन्तिम चरणको प्रतिस्पर्धामा पुलिसले दोस्रो जित निकालेको हो।
यसअघि वालिङलाई ५-० गोलले हराएको पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो।