एन्फा महिला लिगअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले वालिङ नगरपालिकामाथि सानदार जित निकालेको छ।
सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले ९-० गोलको जित निकालेको हो।
एपिएफका लागि रश्मिकुमारी घिसिङले चार गोल गरिन्। घिसिङले तेस्रो, छैटौं, १७औं र ७१औं मिनेटमा गोल गरेकी थिइन्।
सरु लिम्बू र गीता रानाले दुई दुई गोल गरे। सरुले खेलको ३१औं र ३९औं तथा गीताले पाँचौं र ४२औं मिनेटमा गोल गरेका थिए।
अनिता केसीले ९०औं मिनेटमा गोल गरेपछि एपिएफले नवौं गोल गर्न सफल भयो।