इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले टोटेनहममाथि पुनरागमन जित निकालेको छ।
शनिबार भएको खेलमा न्युकासलले २-१ गोलको जित निकालेको हो।
खेलमा अग्रता टोटेनहमले सोलांकेले चौथो मिनेटमा गरेको गोलबाट लिएको थियो।
तर न्युकासलका गोर्डोनले छैटौं मिनेटमै बराबरी फर्काए। ३८ मिनेटमा इसाकले दोस्रो गोल गर्दा न्युकासलले खेलमा अग्रता लिन सफल भयो।
जितपछि पाँचौ स्थानमा रहेको न्युकासलले २० खेलबाट ३५ अंक जोडेको छ। टोटेनहम २४ अंकसहित एघारौं स्थानमा छ।
न्युकासलले जारी सिजनमा लगातार पाँच खेलमा जित निकालेको हो।