रियल मड्रिड स्पेनिस लालिगा फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति भ्यालेन्सियालाई पराजित गर्दै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।
भ्यालेन्सियालाई रियलले उसकै घरमा २-१ गोलले पराजित गरेको थियो।
रियलको जितमा लुका मोड्रिक र ज्युड बेलिंघमले गोल गरे।
घरेलु मैदानमा भ्यालेन्सियाले ह्युगो ड्युरोको गोलबाट २७ मिनेटमा सुरूवाती अग्रता लिएपनि त्यसपछि गोल गर्न सकेन।
७९ मिनेटमा भिनिसियस जुनियर रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियलले २ गोल गरेको थियो।
८५ मिनेटमा मोड्रिकले बराबरी गोल फर्काउँदा इन्ज्युरी समयमा बेलिंघमले निर्णायक गोल गरे।
जितसँगै एक खेल कम खेलेको एथ्लेटिको मड्रिडलाई रियलले उछिनेको छ।
रियलले १९ खेलबाट ४३ अंक जोड्दा दोस्रो स्थानको एथ्लेटिकोको ४१ अंक छ। तेस्रो स्थानको बार्सिलोनाले १९ खेलबाट ३८ अंक जोडेको छ।