इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी जारी सिजनमा लगातार तीन खेलमा पराजित भएको छ।
दसौं खेलमा बर्नमाउथ र एघारौं खेलमा ब्राइटनसँग पराजित भएको सिटी गएराति टोटनहमसँग पराजित भएको हो।
इतिहाड स्टेडियममा सिटी टोटनहमसँग ०-४ गोलले पराजित भएको हो।
खेलको १३ मिनेटमा जेम्सम म्याडिसनले गोल गर्दै टोटनहमलाई सुरूवाती अग्रता दिलाए। उनैले २० मिनेटमा पुनः गोल गर्दै अग्रता दोब्बर पारे।
५२ मिनेटमा पेड्रो पोरोले गोल गरे।
९० मिनेटपछि अतिरिक्त समयको तेस्रो मिनेटमा ब्रेनन जोनसनले गोल थपेपछि सिटी घरेलु मैदानमै ४-० ले पराजित भएको हो।
१२ खेलबाट २३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ। लिभरपुल ११ खेलबाट २८ अंक बनाएर शीर्ष स्थानमा छ।
चेल्सी, आर्सनल र ब्राइटनको २२ अंक छ।
१९ अंक जोडेको टोटनहम छैटौं स्थानमा छ।