इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एक वर्षको सम्झौता लम्ब्याउने सहमति गरेका छन्।
यद्यपि सिटीले एथलेटिकमा पहिलो पटक प्रशासित गरिएको समाचारमा टिप्पणी गर्न अस्वीकार गरिरहेको छ। तर पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ग्वार्डिओलाले सिटीमा आफ्नो बसाइ १० वर्षसम्म पुर्याउन नयाँ सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको दाबी गरेका छन्।
५३ वर्षीय स्पेनिस प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा सिटीमा आवद्ध भएका थिए। त्यसपछि सिटीले छ प्रिमियर लिग उपाधि सहित अहिलेसम्म १८ ट्रफी जितेको छ।
उनको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदै थियो।
म्यानचेस्टर सिटीमा रहँदा ग्वार्डिओलाले क्लबलाई एउटै सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल जित्ने दोस्रो इंग्लिस पुरुष टोली बनाएका थिए।
सिटी लगातार चार पटक इंग्लिस प्रिमियर लिग उपाधि जित्ने र एउटै सिजननमा १०० प्रिमियर लिग अंक हासिल गर्ने पहिलो पुरुष टोली पनि बनेको थियो।
सिटी यस सिजनको प्रिमियर लिगमा दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंकले पछि छ र सबै प्रतियोगितामा पराजित भइरहेको छ।
ग्वार्डिओलाले यसअघि मे २०१८, नोभेम्बर २०२० र नोभेम्बर २०२२ सम्झौता थप गर्न हस्ताक्षर गरेका थिए।