इटाली र फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा एक खेल बाँकी रहँदै आफ्नो स्थान सुरक्षित गरेका छन्।
सान्ड्रो टोनालीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इटालीले बेल्जियमलाई १-० ले हरायो।
न्युक्यासलका मिडफिल्डर सान्ड्रोले ब्रसेल्समा जियोभानी डि लोरेन्जोको पासमा ६ यार्डको दूरीमा गोल गरेका थिए।
यता फ्रान्सले इजरायलसँग गोलरहित बराबरी खेलेसँगै अन्तिम आठमा पनि स्थान पक्का गरेको छ।
फ्रान्सले आफ्नो २४ सटमा कुनै पनि गोल गर्न सकेन। खेलमा इजरायलका गोलरक्षक ड्यानियल पेरेजले आठ बचाउ गरेका थिए।
इजरायल-गाजा युद्धसँग सम्बन्धित सुरक्षा कारणहरूले गर्दा स्टेड डे फ्रान्समा सीमित दर्शकलाई प्रवेश दिइएको थियो।