इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो हार ब्यहोरेको छ।
साविक विजेता सिटी गएराति ब्राइटनविरूद्धको खेलमा २-१ ले पराजित भएको हो।
फाल्मर स्टेडियममा २३ औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दा सिटी पहिलो हाफमा १-० ले अगाडि थियो।
७८ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल फर्काए। लगत्तै ८३ मिनेटमा ब्राइटनकै म्याट औ रिलीले एक गोल थपेपछि सिटी पछि परेको थियो।
अघिल्लो खेलमा सिटी बर्नमाउथसँग २-१ गोलले नै पराजित भएको थियो।
११ खेलबाट २३ अंक बनाएको सिटी तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहको लिभरपुलको २८ अंक छ।
नटिंघम फरेस्ट र ब्राइटन क्रमश तेस्रो र चौथो नम्बरमा छन्।