युइएफए युरोपा लिगमा लाजियोले लगातार चौथो खेलमा जित निकालेको छ।
इटालियन क्लब लाजियोले बिहीबार भएको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई २-१ गोलले हरायो।
जारी लिगमा लाजियो चारै खेलमा जित निकाल्ने पहिलो टोली बन्यो।
यता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ।
बिहीबार भएको खेलमा उसले ग्रिसको पाओकलाई २-० गोलले हरायो।
उसको जितमा अमद डियालोले दुई गोल गरे। उनले खेलको ५० र ७७ मिनेटमा गोल गरेका थिए।
यसअघिका तीनै खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।