नेकपा एमालेनिकट भ्रातृ संगठन युवा संघले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगिता खेल नेता र कलाकारबीच बराबरीमा सकिएको छ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा कलाकारले ३ गोल र नेताहरूले ३ गोल गरेका हुन्।
एमाले नेताहरूमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, महेश बस्नेतलगायत थिए भने कलाकारहरूमा धिरेन शाक्य, आकाश श्रेष्ठ, केदार घिमिरेलगायत थिए।
तस्बिरहरू: