फ्रेञ्च लिग वानमा पिएसजीले लगातार सातौं खेलमा जित हात पारेको छ।
बुधबार राति भएको खेलमा पिएसजीले मेजलाई २-१ गोलले पराजित गर्यो।
पिएसजीको जितमा दुवै गोल हाकिमीले गरे। उनले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेका थिए।
३९ मिनेटमा कोउयातेले मेजका लागि बराबरी गोल फर्काए।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा हाकिमीले गोल गर्दा पिएसजीले रोमाञ्चक जित हात पार्यो।
त्यसअघि दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा मेजका ब्रोन दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
खेलमा पिएसजीका लिओनल मेसी अनुपस्थित थिए। उनले घाइते भएका कारण खेल गुमाएका हुन्।
अंक तालिकाको शीर्ष स्थानमा रहेको पिएसजीको ७ खेलबाट २१ अंक भएको छ।