झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको आजको दुई खेलमा रोयल क्लब दमक र सुरुङ्गा एफसी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
झापा गाउँपालिकाको झापा महिला फुटवल क्लवलाई २–० को फराकिलो गोल अन्तरले हराउँदै रोयल क्लबले प्रतियोगिताको क्वाटरफाइनलको यात्रा तय गरेको हो भने शिवसताक्षीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै सुरुङ्गा एफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो।
शुक्रबारको पहिलो खेलमा रोयलको जितका लागि माया राईले पहिलो हाफको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफको ४५ औं मिनेटमा सपना मगरले झापा महिला एफसीको गोलपोष्टमा प्रहार गरेको बलले जाली चुमेपछि रोयलको जित निश्चित बनेको हो।
खेलको वुमन अफ दि म्याच विजेता टिमकी सपना मगर घोषित भइन्। उनले नगद १ हजार पुरस्कार पाइन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गतेसम्म हुने आयोजकले जनाएको छ।
यस्तै, शुक्रबारकै दोस्रो खेलको निर्धारित समय १–१ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट विजेता टिमको निर्णय निकालिएको थियो। शनिबारको दुई खेलमध्ये पहिलो खेल शुक्रबारको बिजेता दमकको रोयल क्लब र जोइन विर्तामोडबीच हुने आयोजक समितिले जनाएको छ। त्यस्तै, दोस्रो खेल सुरुङ्गा र जुनतारा एफसी खुदुनाबारीबीच हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटबल टिम सहभागी छन्। विजेता टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको