इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटील लेस्टर सिटीमाथि १–० को जित हासिल गरेको छ ।
जितसँगै जारी सिजनको उपाधि दाबेदारीलाई कायमै राखेको म्यानचेस्टर सिटी पुनः लिगको शीर्ष स्थानमा उक्लेको छ।
म्यानचेस्टरको जितमा सो निर्णायक गोल कप्तान भिन्सेन्ट कम्पनीले खेलको ७० औं मिनेटमा गरेका थिए।
उसले उपाधिको होडमा रहेको अर्को दाबेदार लिभरपुललाई एक अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। ३७ खेलबाट सिटीको ९५ अंक रहेको छ भने लिभरपुलको ९४ अंक छ।
अब लिग उपाधि विजेताको टुङ्गो दुबै टोलीको अन्तिम खेलबाट लाग्नेछ।
आगामी आइतबार म्यानचेस्टर सिटी ब्राइटनसँग भिड्नेछ भने लिभरपुलले वुल्भ्ससँग।